भदौ २७ पोखरा 

लामो समयदेखि बन्द सार्वजनिक यातायातका साधन पोखरामा पनि  आज रातिदेखि संचालनमा आउने भएका छन् ।

जिल्ला प्रशासन कार्यलय कास्कीमा शुक्रवार सम्पन्न सिसिएमसीकोे बैठकले यस्तो निर्णय गरेको हो । जारी निशेधाज्ञा गरेको पछिल्लो निषेधाज्ञा भदौं २७ गते राति १२ बजेदेखि सकिने छ ।

जिल्ला भित्रको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरिएको हो । निर्णय अनुसार सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा मास्क र बसको ढोका प्रवेश गर्ने समयमै सेनिटाइजरको व्यवस्था हुनुपर्ने छ ।

बसभित्र भौतिकदुरी कायम गरी बसको कुल सिट संख्याको ५० प्रतिशतमा मात्र यात्र् राख्न पाइने छ । 

 

 

त्यस्तै   मानिसहरु भेला हुन, भीडभाड गर्न ,जुलुस निकाल्न, जात्रा , महोत्सव , मेला गर्न तथा सबै धर्म संस्कृति, ,प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्य गर्न नपाइने । विद्यालय,क्याम्पस , सबै प्रकारका शैक्षिक संस्था ,तालिम तथा प्रशिक्षण केन्द्र , सिनेमा हल , फुटसल, व्यूटिपार्लर , जीमखाना , स्पा, सैलुन सञ्चालन वा खोल्न नपाइने । स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर निजी सवारीसाधन र जीप ट्याक्सी बिहान ६ देखि साँझ ८ बजेसम्म संचालन गर्न सकिने बताइएको छ |

 

Comments

Leave a comment