जेठ १२ कपिलवस्तु 
कपिलवस्तुको वाणगंगा नगरपालिका भित्रका प्राय सबै वडामा नेपाल स्वयमसेवक संघ कपिलवस्तुले आज खाद्यान्न वितरण गरेको छ । सस्था खोलिएको छोटो समयमा विभिन्न कार्यक्रम गर्दै आईरहेको बेला अहिले  नगरपालिका भित्र रहेका फरक क्षमता भएका (अपाङ्गता ) भएका नागरिकहरुलाई राहत वितरण गरेको हो । संस्थाको कन्द्रिय कमिटिको विशेष उपस्थितिमा संस्थाका केन्द्रिय अध्यक्ष ज्योतिष खेमराज पौडेलको विशेष उपस्थितिमा अपाङ्ग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुङ्गाना, कार्यालय सचिव तथा राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारी, संस्थाका पदाधिकारीहरु केन्द्रिय कार्यसमिति सदस्य विकास शर्मा, किरण खड्का, जन्जित पुरुष, संस्थाका प्रदेश सचिव एवं सञ्चारकर्मि सागर पौडेल, विशेष सहयोगी अनिस बञ्जाडे, पशुपति गिरी, संस्थाका केन्द्रिय कार्यसमितका सदस्य रबिन्द्र पौडेलको कार्यक्रम संयोजकनमा राहत वितरण गरिएको हो । 
संस्थाले नगरपालिकाका एघार वटै वडामा रहेका अपाङ्गता भएका नागरिकहरुलाई अत्यावस्यक खाद्यान्न प्रदान गरेको हो । सो राहत सामग्री प्रतेक स्थानीय तह अन्तर गतका अपांग नागरिक का घर दैलो सम्म पुगि सहयोग गरेका छन् । दाल, चामल,नुन तेल लगायत का खाद्यन्न संस्थाले प्रदान गरेको हो ।  यश सङै सस्थाले आउने दिनमा विभिन्न कार्ययोजना सङै अगाडि बढीरहने बताएको छ ।

Comments

Leave a comment