असार १२ एजेन्सी 

अमेरिकाको सेन्टर फर् डिजिज कन्ट्रोल (सीडीसी) ले दुई  करोडभन्दा धेरै अमेरिकीमा कोरोना भाइरसको सङ्क्रमण भइसकेको हुनसक्ने अनुमान गरेको छ ।

सीडीसीका निर्देशक डाक्टर रोबर्ट रेडफिल्डले‌ बिहीबार सञ्चारमाध्यमसँग भने, 'एक जनामा कोरोना सङ्क्रमण भएको रिपोर्ट हुँदा थप १० जनामा सङ्क्रमण भएको हुनसक्ने अनुमान गरेका छौँ ।'

साथै सीडीसीले अमेरिकामा कोरोना महामारीबाट कैयौँ युवा प्रभावित भएको जनाएको छ । यस्तो हुँदा सङ्क्रमित व्यक्तिको मृत्यु हुने सङ्ख्यामा कमी आउने सीडीसीले भनेको छ ।

साथै सीडीसीले अमेरिकामा कोरोना महामारीबाट कैयौँ युवा प्रभावित भएको जनाएको छ । यस्तो हुँदा सङ्क्रमित व्यक्तिको मृत्यु हुने सङ्ख्यामा कमी आउने सीडीसीले भनेको छ ।

सीडीसीका सङ्क्रामक रोग विशेषज्ञ डा. जोय बटलरका‌ अनुसार युवाहरु कोरोना महामारीको चपेटामा पर्नुको कारण उनीहरु महामारीप्रति अन्य उमेर समूहका व्यक्ति जस्तै सजग नहुनु हो । 

सीडीसीले युवामा कोरोना महामारीबारे जागरुकता बढाउन टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग गर्ने विषयमा सोचिरहेको जनाएको छ ।

Comments

Leave a comment