अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ९ सिलिङखोलाका ८३ वर्षिय वीर बहादुर रास्कोटी हराएको १० दिन हिजो फेला  परेको खवर प्राप्त भएको छ .|

 

गत भदौ २ गते दिउँसो गाई हेर्न जंगल गएका रास्कोटी घर नफर्केपछि घरपरिवार र गाउँलेले जंगलमा खोज्न थालेको १० दिनमा उनी मृत फेला परेका हुन्। शुक्रबार उनलाई गाउँलेले जंगलमा मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो।

शव सडिसकेको र पोष्टमार्टम गर्न नसकिने अवस्थामा रहेकाले मृतकका आफन्त र गाउँलेको रोहबरमा मुचुल्का गरी अन्त्येष्टिका लागि शव आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ।

Comments

Leave a comment