अर्घाखाँचीको समुदाय स्तरमा कोरोना देखिएपछी जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं। ६ को क्षेत्र शिल गरिएको छ । समुदाय स्तरमा कोरोना फैलिदै गएपछि वडालाई शिल गरिएको हो ।

समुदायमा कोरोना फैलिन नदिन गोरुसिंगे सन्धिखर्क सडकमा चल्ने सवारी बाहेक वडाको घुम्ती बजार क्षेत्र ७ सय मिटर आसपास,नरपानी बजार पिकनिक स्पोटदेखी नरपानीबजार हुदै राताफले चोक सम्म र वडा नम्बर ७ को फुदवाङ बजारको पुर्वदहखोला देखि बहखोर(अमराई(जगतसम्मको क्षेत्र ,पश्चिम खाँचीकोट सिमाना सम्म,दक्षिण नेटाका पोखरा सल्लेरी सम्मको क्षेत्र भित्र कुनै पनि गाडि चलाउन नपाईने नगरपालीकाद्दारा जारी सुचनामा उल्लेख छ । साथै नगरपालीकाले स्थानिय राजनितीकदल,शिक्षक ,
बिधालय व्यवस्थापन समिती,सहकारी संस्थासँग समन्वय गरि कोरोनाबाट सुरक्षित रहन त्यसक्षेत्रमा सुरक्षाका मापदण्ड अपनाउन जोड दिनुका साथै सामाजिक निगरानी बढाउन समेत सुझाएको छ । वडा तथा नगरपालीकाको प्रशासनिक कार्यालयबाट प्रदान गरिने अत्यावश्यकीय सेवाहरू बाहेक अन्य सेवाहरू सोमबार देखि बन्द गरिने नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । कोरोना प्रभावित गाउँबाट आउने नगरपालीकामा कार्यरत कर्मचारीहरलाई पिसिआर रिपोर्ट नआउदा सम्म होम आईसोलेसन बस्न भनिएको  बताए ।
मानिस आवातजावतमा रोक लगाईएको छ । वडाको समुदायस्तरमा कोरोना फैलिएपछि थप सचेत रहन वडाबासीलाई आग्रह गरिएको वडा अध्यक्ष कृष्णबहादुर आचार्यले बताए ।

 

Comments

Leave a comment