भाद्र १५   अर्घाखाँची

अर्घाखाँची जिल्लामा बर्सेनि मनाउदै आइरहेको मुहररम चाड पर्व मुस्लिम समुदायका ब्यक्तिहरुले यो बर्स पनि मनाएका छन २०७७/०५/१२ गते देखि छत्रदेव गाउपालिका वार्ड नम्बर १ र २ बल्कोट र चिदिका का मुस्लिम समुदायले कोरोनाको कहरमा पनि सामाजिक दुरि कायमनै नगरी आफू असुरक्षित भइ माक्स नलगाइकन आम मान्छे भेला गरेर एकै ठाउँ मुहररम चाड पर्व मनाएका छन ।

 

यो चाड मनाउनको लागि बाहिरी जिल्ला कपिलवस्तु ,रुपन्देही ,दाङ्ग,प्युठान गुल्मी,बाके र पाल्पा देखि मान्छे आएका थिए अर्घाखाँची जिल्लामा समुदायमा समेत फैलिएको कोरोना संक्रमण लाई बेवास्ता गर्दै छत्रदेव गाउपालिकाका मुस्लिम समुदायले मुहररम पर्व मनाउदा स्थानीय सरकार र स्थानिय प्रशासन को कुनै चासो देखिएन । पछि समुदायमा यो विश्व माहामारीको रूपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड 19 संक्रमण फैलिन सक्ने धेरै संभावना रहेको छ। यो कोरोनाको कहरमा संक्रमण फैलिएको समयमा जुन तरिका बाट मुहररम चाड मनाए मुस्लिम समुदाय बाटै पनि चर्को बिरोध तथा आलोचना भैरहेको छ, एसै बिषय लाइ लिएर बुटवल निबासि युवा मुस्लिम अगुवा सबर मिया दुख ब्यक्त गर्दै लेख्नुहुन्छ यो कार्य निकै निन्दनीय छ, अहिले को प्रस्थिति मा त्यहा का मुस्लिम अगुवा हरु ले बिचार पुर्याउनु पर्ने हो... एस्ता हेलचक्य्राइँ ले समाज मा धेरै असर गर्छ,, देश दुखेको बेला दुखाइ को कारक बन्नु हुदैन थियो...।

Comments

Leave a comment