" /> पंचामृत खबर

आइतबार कपिलवस्तुमा १६ जनामा कोरोना भाइरसका नया संक्रमित भेटिएका छन् । थपिनेमा कपिलवस्तु नगरपालिकाका ७ जना रहेका छन् । संक्रमित हुने ब्यक्ति गैरसकराकी संस्थामा कार्यरत कर्मचारी, सुठैली भन्सारका कर्मचारी,व्यवसायी मन्दिरका पुजारी, गृहणी तथा विद्यार्थी रहेका छन् । त्यस्तै यता शिवराज नगरपालिकामा पनि ३ जना संक्रमित थपिएका छन् उनीहरु तीनै जना भारत वाट आएका र क्वारेन्टाइनमा बसेका थिए । यसैगरी वाणगगा नगरपालिकामा पनि २ जना संक्रमित थपिएका छन् भने बुद्धभुमी नगरपालिकामा २ जना , शुद्धोधन र विजयनगर गाउंपालिकामा १,१ जना गरी १६ संक्रमित थपिएका हुन । यो संगै जिल्लामा संक्रमितको सख्या १ हजार १ सय ३० पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।

Seen by Anish Banjade at Friday 5:15pm

 

Comments

Leave a comment