ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका १० जना थुनुवालाई  संक्रमण पुष्टि भएको छ ।
अदालतमा पेश गर्नु अघि उनीहरुको स्वाव परिक्षण गर्नुपर्ने अदालतको निर्देशन अनुसार मंगलबार स्वाव संकलन गरि परिक्षण गरिएकोमा उनीहरुको कोरोना रिपिपोट पोजेटिभ  आएको हो ।
मंगलबार परिक्षण गरिएका उनीहरुको बुधवार आएको पिसिआर परिक्षणको रिपोर्ट मा १० जना थुनुवामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । ईलाका प्रहरी कार्यालयको हिरासतमा २७ जना थुनुवा रहेका छन् ।

यसअघि पनि ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत १ जना सहित मुख्यमन्त्री शंकर पोखरेलको स्कटिङका ३ जना सुरक्षाकर्मीहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै बुटवलका दुईजना चिकित्सकलाई पनि बुधवार कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Comments

Leave a comment