वैशाख २२

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै नबढेपछि लडाउन पनि बिस्तारै खुकुलो बन्ने देखिएको थियो ।

यस्तैमा आइतबार लकडाउनको ४१ औँ दिनमा कोरोना संक्रमण थप बढ्नसक्ने जोखिमपूर्ण अवस्थालाई संकेत गरेको छ । आइतबार एकै दिन १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । तीमध्ये १५ जना त नेपालगन्जकै छन् । उनीहरुमध्ये ७ वर्षदेखि ६० वर्षसम्म उमेर समूहका ८ जना पुरुष र ७ महिला छन् ।

यससँगै नेपालगन्ज कोरोना संक्रमणको ‘हटस्पट’को रुपमा चिनिएको छ । हालसम्म नेपालमा जम्मा संक्रमितको संख्या ७५ पुगेको छ । उपचारपछि घर फर्कने क्रम पनि जारी छ । साथै संक्रमितको गम्भीर अवस्था भने छैन । यसअघि उदयपुरमा एकै दिन १४ जनासम्म संक्रमित भेटिएका थिए । पछिल्लो आइतबार सबैभन्दा धेरै संक्रमित देखिएको दिन रह्यो ।

Comments

Leave a comment