भदौ २४ नवलपरासी

एकै दिन २७ जनामा कोरोना संक्रमित देखिए पछि पश्चिम नवलपरासीको सुनवल नगरपालिका शिल गरिएको छ । बुधबार मात्रै २७ जनामा कोरोना संक्रमण देखिएको भन्दैे स्थानिय विपद व्यवस्थापन समितिको वैठकले बुधबार राति १२ वजे देखि लागु हुने गरि भदौं ३१ गते राति १२ बजे सम्मका लागि पूर्ण रुपमा शिल गरिएको नगरपालिकाले जनाएको छ ।

शिल गरिएको समयअवधिमा स्वास्थ्य सम्वन्धी सेवा वाहेक सुनवल नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, वैंक तथा वित्तिय संस्था लागाएत सार्बजनिक निकायबाट प्रवाह गरिने सेवाहरु, व्यापार व्यावसाय, निर्माण कार्य, तरकारी ढुवानी, घुम्ति पसल, अटो रिक्सा लगायत सवारी साधन संचालन, साना सवार साधनहरु सबै पूर्ण रुपमा निषेध गरिएको सुनवल नगरपालिकाका नगरप्रमुख भिमवहादुर थापाले जानकारी दिनुभयो ।

यस अवधिमा कन्ट्याक ट्रेसिङ गरिने भएकाले अन्य स्थान वाट नगरपालिकामा प्रवेश नर्गन र नगरपालिका बाट पनि अन्यत्र स्थानमा नजान ,स्वास्थ्य सेवा लिन जानै पर्नेहरुको लागि पनि सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि आकस्मीक रुपमा नगरपालिका शिल गरीएकोले अनुशासनमा रही पालना गर्न र संक्रमणबाट जोगिने उपायहरु अवलम्वन गर्न नगरपालिका सवै नगरवासीमा आग्रह गरेको छ ।

Comments

Leave a comment