असार ११ काठमाडौ 

कोरोना भाइरसका कारण विभिन्न तीन देशमा समस्यामा परेका ६०९ जना नेपाली आज (बिहीबार) स्वदेश फर्किएका छन् ।

कतारबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत  १५८ जना र यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत  १५२ जना स्वदेश आइपुगेका हुन् ।

त्यस्तै कुवेतबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत १४९ जना र कुवेतबाटै आममाफीमा सहभागी १५० जना जजिरा एअरमार्फत काटमाडाैं आइपुगेका छन् ।

Comments

Leave a comment