कपिलबस्तु, भद्र  १

कपिलबस्तु जिल्लामा पानीको नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्।

जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ८ निवासी ७० वर्षीय हरिराम पासीको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवराले जानकारी दिएका छन्। कुटपिटबाट ६० वर्षीया सुभावती पासी र २० वर्षका सोनु पासी घाइते भएका छन्।

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको र भैरहवामा उपचार जारी रहेको एसएसपी बैदवारले बताए।

प्रदेश प्रहरी प्रवक्ता बैदवारका अनुसार आइतबार दिउँसो पौने ३ बजेतिर पानीको नाला सफा गर्ने विषयमा मृतक हरिराम र घाइते सोनुसँग स्थानीय २२ वर्षीय अनिल चमारको झै( झगडापछि कुटाकुट भएको थियो।

त्यो झगडापछि ६१ वर्षीय बेकर चमार, ६४ वर्षीया चुकुनी चमार, १९ वर्षीया माया चमार, २५ वर्षीया सरिता चमार र ३० वर्षीय बिजय चमार पनि संलग्न भइ पासी परिवारलाई निर्घात कुटपिट गरेको आरोप छ।

कुटपिटमा संलग्न सबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको एसएसपी बैदवारले जानकारि दिए  ..

Comments

Leave a comment