भाद्र २१ कपिलबस्तु 

कोरोनाको महामारिले निम्त्याएको लकडाउनका कारण देशको अर्थतन्त्रमा ठुलो चुनौती सिर्जना भएको छ । गत चैत्र ११ गतेदेखी भएको जारी लकडाउनका कारण धेरैको दैनिकीमा धक्का पुगेको छ । लकडाउनका कारण प्रभाबित एक क्षेत्र हो उद्योग व्यवसाय र त्यसका लगानीकर्ता , यस बिषयमा कपिलबस्तु जिल्लाका उद्योग वाणिज्य संघहरुको चारनम्बरमा आइतबार बसेको संयुक्त वैठकले जारी बन्दाबन्दीको मोडालिटीमा परिमार्जन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र सवै स्थानीय तहहरुको ध्यानाकर्षण गराउदै व्यवसाय संचालन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघ चारनम्बर, तौलिहवा उद्योग वाणिज्य संघ, चन्द्रौटा उद्योग वाणिज्य संघले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै भाद्र २३ देखि बन्दाबन्दीको स्वरुप परिर्वतन गर्ने सुझाव दिएका छन् ।चैत्रदेखिको बन्दाबन्दीले उद्योग व्यवसाय धरासायी बनाएको भन्दै भदौ २३ गते देखि नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाई निर्वाध रुपमा उद्योग व्यवसाय लगायतका क्षेत्रहरु निर्वाध रुपमा सुचारु गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तथा जिल्लाका सबै स्थानीय तहको ध्यानाकर्षण गराएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो । 

Comments

Leave a comment