तौलिहवा
 कपिलवस्तुमा थप ३० जनामा कोरोना पुष्टि भएको छ। यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४५ पुगेको छ।

स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमित मध्ये ७ जना प्रहरी, बाणगंंगा नगरपालिकाका ८ जना, बिजयनगरका ६, शुद्धोधन गाउँपालिकाका ४, मायादेबी गाउँपालिका २, शिवराजका २ र बुद्धभूमिका एक जना छन्। बाणगंगा नगरपालिकामा थपिएका मध्ये सबै समुदयस्तका पुरुष हुन् ।

 

Comments

Leave a comment