भाद्र २८ कपिलबस्तु

हुनेले दिएर जाऔँ नहुनेले लिएर आऔँ भन्ने उदेश्यका साथ सन्चालित कपिलवस्त् फुड बैंकको राहत वितरण अभियान सातौँ दिनसम्म पनी जारि रहेको छ । भदौ २२ गतेबाट जिल्लाको ४ नम्बरबाट सुरु भएको अभियानले जिल्लाका बिभिन्न स्थान बोडगाउ, बनगाई, गोरुसिगे र आज पिपरामा गरी ३०० भन्दा बढी बिपन्न परिवारलाइ राहत प्रदान गरिसकेको सोहि अभियानका अभियान्ता बिशाल अधिकारीले जानकारी दिनुभयो । जिल्लाभरीका बिपन्न परिवारलाई राहत प्रदान गर्ने उदेश्य राखेको अभियानले क्रमश भोली ओदारी,पटना,गजेहडा लगाएतका स्थानमा पुगि राहत वितरण गर्ने समेत अधिकारीले जानकारी दिए

 

।राहत वितरण कार्यक्रम बिहान ७ बजेदेखि ९ बजेसम्म हुदै आएको छ । उक्त अभियानमा बिवेक पौडेल, सुशान्त पोखे्रल, पशुपति गिरी, सुनिता बेल्बासे, सुन्दर पोखे्रल, सागर बन्जाडे, प्रबिन गौतम, कोपिला गिरी लगाएतका जिल्लाका सक्रिय युवाहरु रहेका छन् । अभियान सकिएपछि बचेको रकम र सामागी्र बिरामी तथा अशक्त परिवारलाई हस्तान्तरण गर्ने अभियान्ता सुशान्त पोखे्रलले बताए ।

Comments

Leave a comment