कपिलवस्तु, भाद्र -१ 

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाको लवनी चौराहामा मास्क नलगाएर हिडने युवाहरुलाई कारबाही गर्न खोज्दा तीन प्रहरीमाथि कुटपिट भएको हो । लवनी प्रहरी चौकीमा कार्यरत हवल्दारसहित ३ जनाको स्थानीयको कुटाईबाट टाउकोमा गम्भीर चोट लागेको छ । घटनामा घाईते भएका प्रहरी हवल्दार बिनोद कुमार बरुण, प्रहरी जवानहरु जियावन कोहार र महेन्द्र यादवको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ओरापीको पहिचान भएको भएपनि उनीहरु फरार रहेको प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । आरोपीहरुको खोजी भईरहेको उहाँले बताउनुभयो ।

Comments

Leave a comment