कपिलवस्तु  ,२८ साउन 
कपिलवस्तु नगरपालिकाको धनौराटोलमा करेन्ट लागेर एक भारतियको बुधबार मृत्यु भएको छ ।
पङ्खा बिधुत सर्ट भएर करेन्ट लागि भारतको बिहार घर भएका बर्ष ५० का प्रेम पासवानको मृत्यु भएको हो ।
 सन्चारकर्मी मनोज श्रीवास्तवका अनुसार आफ्नो घर अगाडी भाडामा बस्ने अर्थात उनका छिमेकि रहेका पासवानको बुधबार बिहान २ बजेको समयमा करेन्ट लागेर मृत्यु भएको हो । घर बाहिर बरण्डामा सुतिरहेका उनी राती अचानक पानी परेको कारण पङ्खा भित्र लैजाने क्रममा उक्त घटना घटेको थियो  ।
 मृतक पासवान बिगत ६ बर्षदेखि बाजा बजारयर जिवनयापन गर्दै आइरहेका थिए ।उनका परिवारमा  एक श्रीमती र एक छोरा छन ।

Comments

Leave a comment