भाद्र २७ 

शनिवार कपिलवस्तुमा थप ३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १२ सय ३० पुगेको छ । आज भेटिएका तिनै जना कोरोना संक्रमित महाराजंज नगरपालिकाका पुरुष रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापले जानकारी दिनुभयो ।

जिल्लामा अहिलेसम्ममा ६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

Comments

Leave a comment