जेठ १ कपिलवस्तु 

कपिलवस्तुको  हरेक तबर बाट  सुरक्षित मानिने बाणगंगा नगरपालिकामा पनि कोरोना देखिएको छ । बुधबार कोरोना पुष्टि भएकी ६ बर्षीया बालिका नगरपालिकाको वडा नम्बर ४ ठाकुरापुरकी रहेको खुलेको हो ।

बालिकाको काठमाण्डौँको टिचिङ अस्पतालमा उपचार भइरहेको खुलेको छ । 

घाटी दुख्ने समस्या भएपछि चार दिन अगाडि एम्बुलेन्समा काठमाडौं लगिएको थियो । त्यहाँ टेष्ट गर्दा उनमा कोरोना पुष्टि भएको हो । उनी अहिले विरामी रहेको बुझिएको छ ।

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।

बुधबार ९ जना संक्रमित थपिएकोमा विहीबार विहान एक जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

Leave a comment