असार ११ काठमाडौ 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशौं लाखले लिएको नागरिकताको छानविन गर्न माग गरेका छन् ।

थापाले उच्चस्तरीय न्यायिक आयोग गठनगरि यसवारे छानविनगर्न र अवैधरुपमा नागरिकता लिएकाहरुको नागरिकता प्रमाणपत्र रद्दगर्न माग गरेका छन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै ३ जनाको सर्जमिन शिफारिसमा नागरिकता प्रदान गर्ने नागरिकता ऐन ०६३ को व्यवस्था अनुरुप दशौं लाखले विभिन्न प्रकारका नेपाली नागरिकता लिएको खुलासा गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘३जनाको सर्जमिन शिफारिसमा नागरिकता प्रदानगर्ने नागरिकता ऐन ०६३को व्यवस्था अनुरुप दशौं लाखले विभिन्न प्रकारका नेपाली नागरिकता लिएका छन्। उच्चस्तरीय न्यायिक आयोग गठनगरि यसवारे छानविनगर्न र अवैधरुपमा नागरिकता लिएकाहरुको नागरिकता प्रमाणपत्र रद्दगर्न राप्रपाले ०६४सालदेखि मागगर्दै आएको छ ।’

Comments

Leave a comment