कमल थापा नेतृत्वमा पुस २६ मा राप्रपाकाे विशेष भेला मार्फत राप्रपा नेपाल गठन गरे,  र राजनीतिक यात्रामा नयाँ मार्ग खन्दै यात्रा सुरु  गरे जुन मार्ग लाई गन्तब्य दिन त्यति सजिलो अवस्य छैन  तर पनि अनेक समस्या हरुको सामना गर्दै रहदै २०६४ काे संविधानसभाको निर्वाचनमा सहभागी भए उक्त निर्वाचनमा  राप्रपा नेपालले ४  सिट प्राप्त गर्यो | 

" /> पंचामृत खबर

भाद्र २४ काठमान्डौ

कमल थापा नेपाली राजनिती मा एउटा यस्तो ब्यक्ती हो जस्को मार्ग अरुको भन्दा भिन्न र अलग छ कमल थापा एउटा यस्ता ब्यक्ति हुन जो गणतन्त्रको आगोको रापले धोस्त पारेको त्यो सुन्दर बगैँचा बचाउन भन्दै आगोकै रापमा  पनि एक्लै हातमा अलग सिद्धान्त को सेउलाले गणतन्त्रको आगो निभाउने आसमा हम्की   रहेका   थिय अहिले त्यो आगोले फुलवारि त धोस्त भै सकेको छ तर पनि उनले  यो फुलबारिमा फेरि त्यही फुल रोप्ने भनी कड्किरहन्छ्न र त्यसैको लागि उनी दिन रात हावा पानी न भनि लागि रहेका छन तर  थापा  त्यो स्थानमा टेक्न सकि रहेका छैनन ।

 

यस्को भाव तपाईंहरु सबैले बुझी सक्नु भएको छ कमल थापा नेपालमा राज सस्थाको अन्त्य भएपछी गणतन्त्र को सुरुवात हुँदै गर्दा सबै दल र राजाले धेरै पल्ट मन्त्री तथा उच्च पद मा बस्ने अवसर दिएकाहरुलेनै राजाको साथ छाडी सक्दा उनी मात्र एक्लिएर भनेका थिय राजतन्त्र  म जसरी नि ल्यायरै छाड्ने छु ,नेपालमा लोकतान्त्रिक राजतन्त्र चाहिन्छ नै, नेपालको हितमा गणतन्त्र छैन |

जसकारण गणतन्त्रको बिरोध गरेको भनेर केही समय कमल थापालाई जेल समेत जानू परेको थियो तर पनि उनले  यो सिद्धान्त छाडेनन् त्यो समय यस्तो थियो जुन बेला राजतन्त्र अन्त्य गर्न देशभित्रका भन्दा बाहिर राज्यका ब्यक्ति र गुप्तचर सस्था आवद्ध थिय जस कारण राज तन्त्रको  पक्ष लिने र हिन्दु राज्य माग्ने ब्यक्तिको ज्यानै जान पनि सक्ने थियो यसै कुरलाइ बुझेर अहिले राजतन्त्र र हिन्दु राज्यको माग गर्दै आफुलाई कट्टर राजावादी र सनातनी भन्नेहरु पनि ज्यान र पद बचाउन  गणतन्त्र वादी बनेका थिय तर कमल थापा एक्लै भय पनि ज्यानको प्रवाह नगरी भनौ बन्दुक को नाल कन्चट मा हुदा पनि हिन्दुरास्ट्र र राजा भन्ने शब्द छाडेनन  तर उनले  आफ्नै पाटीका  अरु धेरै  सहयात्रिहरु   गणतन्त्रको  काख लागेपछि  आफु केहि साथीहरुको साथमा २०६२ सालमा राजाकाे कदमलाई समर्थन गर्ने राप्रपा भित्रकाे बलियाे समुहले कमल थापा नेतृत्वमा पुस २६ मा राप्रपाकाे विशेष भेला मार्फत राप्रपा नेपाल गठन गरे,  र राजनीतिक यात्रामा नयाँ मार्ग खन्दै यात्रा सुरु  गरे जुन मार्ग लाई गन्तब्य दिन त्यति सजिलो अवस्य छैन  तर पनि अनेक समस्या हरुको सामना गर्दै रहदै २०६४ काे संविधानसभाको निर्वाचनमा सहभागी भए उक्त निर्वाचनमा  राप्रपा नेपालले ४  सिट प्राप्त गर्यो | 

यस्तैमा धेरै जनताहरुले कमल थापाको निडरता देखेर हिन्दु रास्ट्र र राजसस्था नै राज्यको आवस्यकता महसुस गरेका कारण  २०७० काे निर्वाचनमा कमल थापा नेतृत्वकाे राप्रपा नेपाल २५ सिट सहित मुलुककाे चाैथाें ठुलाे राजनैतिक शक्तिकाे रूपमा उदायाे यस पश्चात राज्यमा कमला थापाले नै नयाँ माहोल सिर्जना गर्न सफल रहे यसै माथि देशमा ठुलो परिवर्तनको आसा देखेर लामो  संगर्स गरेर उदाएको दल तत्कालिन मावबादी प्रति पनि जनताको भरोसा हराउदै गइरहेको  र राजनीतिक अस्थिरता व्यथितिका कारण जनताले पुन राजसस्था नै आवस्यक ठान्न थाली सकेको कारण पनि राप्रपा जनता माझ झन् लोकप्रिय हुन गयो  यस पश्चात कमल थापाले पाटिलाइ अझै बलियो बनाउने सोचमा गणतन्त्रको साथमा गइसकेका तर हिन्दु रास्टकै पक्षमा रहेका  पशुपति शमशेर नेतृत्वकाे राप्रपा सँग एकता गर्ने मनसाय गराई छलफल   अगाडी बढाए त्यस पश्चात कमल २०७३ मा राप्रपा नेपाल र राप्रपा बिच एकता भै एउटै राष्ट्रिय प्रजातन्त्र पार्टी बन्याे तर त्याे समयमा कमल थापा पक्ष सरकार बाहिर थियो भने पशुपति पक्ष दर सरकार मा

कुरो यहि वाट बिग्रियो पशुपति पक्षले सरकार छाड्न मानेनन् तर कमल थापा हालको सरकार आलोचित छ हामि यसमा सहभागी हुनु हुदैन तपाइँ हरु पनि सरकार वाट बाहिरिनु पर्छ भन्ने पक्षमा थिया तर यहाँ कमल थापाको कुरा सुनिएन उल्टै कमल थापा सरकार मा सहभागी नभए एकता भाडिने डर भयो त्यस  पश्चात एकता बचाउनकै लागि पुन कमल थापा सरकार मा जान वाध्य भए त्यस पछी जनस्थरमा कमल थापा माथि पनि आरोप आउन थाल्यो यो पनि कुर्चीको लागि राजनीति गर्ने व्यक्ति रहेछ कुर्ची भनेपछि जसको पछी  पनि लाउने रहेछ  यस समया  विपक्षीहरु पनि खेल्ने मौका पाय सङ्गठन भित्रैका पनि यहि गलत प्रचार गर्न दिन रात लागि परे जसकारण  नचाहादा  नचाहादै पनि कमल थापाको छबी धमिलिन गयो

यस् पश्चात  कार्यकर्ताहरु पनि कतिपयले हल्लाको पछी लागेर थापाका  हजार राम्रा काम भुले यहि एउटा सरकार मा जानुलाइ नै गलत र सर्वस्व त्यागेको एजेण्डा बाट बाहिरिएको देखे यसै बखत केहि समयमा नै डा प्रकाश चन्द्र लोहोनीले पनि एकीकृत भै एकता महादिबेसन भएको महिना दिन नहुदै पाटि फोरेर बाहिरिय फलस्वरूप कार्यकर्ता माझ गलत संदेश प्रभाह हुन गयो अवसर वादी केहि पाउने आशाले राप्रपा छिरेकाहरु भबिस्य यहाँ बाट नबन्ने भन्दै अरु पाटीमा प्रवेश गरे कतिपय एजेन्डाले लागेका कार्यकर्ता पनि गैर राजनीतिक सस्था जो हिन्दु रास्ट्र र राजसस्था स्थापना गर्ने भदै लागेका छन त्यतै लागे फलस्वरूप  यसै बिचमा फेरी २०७४ मा स्थानीय चुनाब भयो यो चुनावमा राप्रपाले लज्जास्पद हार सहनु पर्यो

यहि चोट ले छटपटाई रहेको समयमा फेरी अर्को घटना घटन  पुग्यो पशुपतिशमशेर राणाले पनि पाटि फोरेर  पदीय बार्गेनिङ गर्दै २०७४ साउन २२ गते राप्रपा(प्रजातान्त्रिक) नामक पार्टी निर्माण गर्न निर्वाचन आयोग मा निवेदन दर्ता गरें राप्रपा(प्र.) निर्माण गरे।  यस पश्चात राप्रपा पुन एक्लियो जसकारण फेरी संसदीय चुनावमा पनि तिनै राप्रापाले लज्जास्पद हार बेहोर्न पुगे लोहोनी र पशुपति पक्षमा एक सिट पनि आएन भने कमल थापाको पक्षमा जन-तन एक सिट आयो तर झिनो मतका कारण राप्रपा समानुपाटिक  मा मत नपुग्दा रास्ट्रीय पाटि बन्न बाट पनि बन्चित हुनु पर्यो |

तर पनि कमल थापाले आफुमा लागेको सबै गलत दाग बिस्तारै पखाल्दै थिय र फेरी कमल थापाको पाटीको माहोल जनस्तरमा सुधारउन्मुख देखिन थालेको थियो तर पनि आम कार्यकता र सुवाचिन्तकहरुको अनुरोध मा दुई अलग भएका  एकै धारका एकै किसिमको एजेण्डा भएका पाटि एक हुनु पर्ने सबैकोचाहना अनुरुप फेरी तिनै पाटि २०७६ फागुन मैहिनामा एकता घोषणा  गरे र एकता घोषणा सभामा तिनै अध्यक्षहरुले गीतको कसम खादै अव पाटि कहिले नाफुटाउने  कसम खाए  तर फेरी कमल थापालाई एकता भएर पनि निर्वाचन आयोगमा दल दर्ता हुन नसक्दा अर्को धर्म संकट पैदा भएको छ |

उनले कुनै हालतमा पाटि एकता तुटाउना चाहदैनन् तर पाटि एकताको लागि पशुपति पक्षले चुनाब चिन्न हलो हुनु पर्ने भन्दै चर्को दवाब सिर्जना गरिरहेका छन उता कमल थापा कुनै हालतमा गाइ चुनाब चिन्न छाड्न चाहादैनन किन भने गाइ चुनाब चिन्नले नै एजेण्डालाइ सुहाउने हलो हुनु नहुने कमल थापा  पक्षदर सबै कार्यकर्ताको चर्को माग छ |

 यदाकदा  आज भोलि हिजो को त्यो गम्भिर समयमा त्यत्रो पाटि फोर्ने आज पनि अर्को चुनाब आउने बेला संगठन निर्माण गर्नु पर्ने समयमा एकतामै कमल थापालाई यसरि अल्झाउनु कार्यकर्तामा छवि  धमिल्याईदिनु कमल थापाको अस्तित्त्व नास गरिदिने हिन्दु रास्ट्र र राजा सस्थाको एजेन्डालाई धोस्त पारिदिने हिदु र राजावादीहरुको एकतालाई टूकुरा टूकुरा पारिदिने खेलमा पेरिचालित कुनै व्यक्ति र सङ्गठन त यस भित्र हामि छैन भन्ने संका पनि आम कार्यकताहरुले गर्न थालेका छन्  त्यसैले अझै पनि राप्रपा मिलेर जाने हो र सडकमा नेत्रित्वका कारण खण्ड खण्डमा विभाजित भएका तिनी सबै राजावादी र हिन्दु वादी  सङ्गठनहरुलाई जोड्न सक्ने हो भने  मुलुकको बलियो र बैकल्पिक सक्ति राप्रमा हुन बाट कसैले रोक्न सक्ने छैन |

 

Comments

Leave a comment