भदौ २९ कपिलबस्तु       कोरोना संक्रमणबाट कपिलवस्तुमा थप २ जना मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक दुबै जना शिवराज नगरपालिका ५ का रहेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा मृत्य भएकी शिवराज ५ की ४७ वर्षीया महिला हुन् भने भीम अस्पतालमा मृत्यु भएका व्यक्ति ५८ वर्षीय पुरुष पनी शिवराज ५ कै हुन् । भीम अस्पतालमा उपचार गराइरहेका पुरुषमा दमको समस्या थियो । उनको राती १०ः२६ बजे मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलले जानकारी दिनुभयो ।

यस्तै शिवराजकै ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोरोना श्रोत व्यक्ति डा सुदर्शन थापाले जानकारी दिए।

मृतक महिला मृगौलाको डायालाइसिस् गराउँदै आएकी थिइन्। उनको आइसीयूमा उपचार जारी रहेकोमा रातीदेखि अवस्था गम्भीर भएको र बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।

Comments

Leave a comment