२२ भदौ, काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीले चारजना कोरोना संक्रमित महिलालाई सुत्केरी गराएको छ । दुईजना सामान्य र दुईजनाको सिजरियनबाट सुत्केरी गराएको अस्पतालका डाइरेक्टर डा. संगीता मिश्रले जानकारी दिइन् ।

उनले भनिन्, ‘सुरुमा एकजना संक्रमितलाई पाटन अस्पतालमा रिफर गरका थियौँ । तर, सधैँ यसरी रेफर गरेर सम्भव नहुने निष्कर्षमा पुगेर संक्रमितको पनि डेलिभरी गराउन थालेका हौँ ।’ अस्पतालले गत जेठमा पहिलोपटक कोरोना संक्रमित महिलाको सुत्केरी गराएको थियो ।

Comments

Leave a comment