वैशाख २९ 

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु छन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीद्धारा हस्ताक्षरित  विज्ञप्तीका अनुसार  उनीहरुको स्वास्थ्य सामान्य रहेको छ भने र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

Comments

Leave a comment