नयाँदिल्ली, १७ भदौ (रासस-पिटिआई)

कोरोनाभाइरसबाट भारतमा कुल सङ्क्रमितको संख्या ३७ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबारसम्म सङ्क्रमितको कुल संख्या ३७ लाख ६९ हजार ५२३ पुगेको हो । तीमध्ये ७८ हजार ३५७ जना पछिल्लो एकैदिनमा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कुल सङ्क्रमितमध्ये झण्डै २९ लाख अर्थात् ७६.९८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् ।

अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण ६६ हजार ३३३ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । भारतमा अहिले पनि आठ लाख एक हजार २८२ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

Comments

Leave a comment