सर्लाही भदौ २९

नेपाल कृषिप्रधान देश भनी सन्सार भर चर्चा छ ।तर नेपामा कृषिमा आत्मनिर्भर हुनेको संख्या निकै कम देखिन्छ ।समय र परिस्थिति को कुरा गर्ने हो भने अहिले नेपाल कृषिप्रधान देश भन्न अलि अफ्ट्यारो पर्दै गएको छ।अहिले लगभग नेपालीहरु कृषि पेशा छोडी वैदेशिक रोजगार को लागि बिदेश पलायन हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। सर्लाही राजघाटका नवयुवकहरुले आफ्नो ध्यानाकर्षण पशु पन्छी पालनमा लगाएका छ्न नेपाल मै छ पैसा किन जानू पर्यो बिदेश , नेपाल मै पैसा फलाएर देखाउछौ भन्ने सोच का साथ करिब ३८ लाख को खर्च मा घिमिरे-दाजुभाइ-पशु-फार्म सर्लाही जिल्ला बाग्मती नगरपालिका राजघाट वडा न.६ पन्चमुखी चोकमा चार दाजुभाईले सन्चालनमा ल्याएका छन ।

 

आधुनिक तरिकाले बनाएको फम मा जम्मा ४ बिगा जग्गा रहेको छ अहिले १००० कुखुरा , ५३ पाडा र खसी बोका पाल्न ठाउँ र माछा पाल्न का लागि पोखरी खन्ने ठाउँ राखिएको छ । सुरुमा खर्च रकम धेरै देखिएता पनि बिस्तारै लाखौ लाख कमाउन सकिने सन्चालन टिम का एक ब्यक्ती राम प्रसाद घिमिरे ले बताउनु भयो । अझ रोचक कुरा त एकै ठाउँ मा नर्सरी नि रहेका ले दुर्लभ किसिम का बोटबिरुवा पाईने रहेछ । बोटबिरुवा किन्न आउने पशुपालन हेर्न आउने को भिड दिनहु बढिरहेको छ । कोइ पनि नया मान्छे यो ठाउँ मा आयो भनी म पनि यस्तै फम खोलेर नेपाल मै केहि गर्छु भन्ने सोच बनाएर गएका हुन्छन ।

Comments

Leave a comment