भरतपुर, १६ भदौ
जिल्ला प्रशासन कार्यालय  चितवनले जनहितको लागि कडा निर्णय लिदै  बिरामीलाई उपचार गर्न  कुनै पनि अस्पतालमा ल्याएको खण्डमा  बिमारी फर्काउने बाहिरै बाट अन्त रिफर गरिदिने  गर्ने अस्पताललाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उपचार नगरी   बिरामी फर्काएको पाइए कारवाही गर्ने बताउनुभएको छ । 

“आएका बिरामीलाई बेड छैन भन्दै फर्काउने काम रोक्न निगरानी बढाउने छौँ”,  उहाँले भन्नुभयो, “आइसीयु खाली नभएपनि इमरेजेन्सीमा भर्ना लिएर उपचार गर्नुपर्नेछ, खाली बेड नभए अन्य अस्पतालमा पठाउनु पहिलेनै सो अस्पतालमा बेड, भेन्टिलेटर, आइसीयु खाली भएनभएको यकिन गरेर मात्रै रिफर गर्नुपर्नेछ ।” उहाँका अनुसार आज (मंगलबार) देखि सबै अस्पतालले अनिवार्य रुपमा आइसीयु र भेन्टिलेटर भरिएको वा खाली रहेको संख्या पठाउनुपर्नेछ । “उपचार नपाई फर्कनुपरे बिरामीका आफन्तीले प्रहरी वा प्रशासनमा तत्काल जानकारी गराउनुस्”,  हामि  तुरुन्तै कारवाही गर्नेछौँ ।” 

 

Comments

Leave a comment