राजु गैरे भाद्र २७ 

हिजो जनस्तरमा रहदा जनताको घर दैलो गर्दै जनताहरुको कमजोरीलाइ केलाउदै उनै जनतालाई  आश्वासन  दिएका अव हाम्रा दिनचर्याहरु परिवर्तन गर्नु पर्छ हामि नेतृत्व  मा जान चहानछौ तपाईहरुको सहयोग चाहियो हामि देशलाई केहि वर्षमै कायापलट पार्ने छौ जनतालाई अव कुनै दुख गर्नु पर्ने छैन जनताका छोरा छोरी कोहि पनि विदेशिनु पर्नेछैन हामी देशमै रोजगारीको सिर्जना गर्ने छौ | देशको विकासलाई तिब्र गति दिएर सिंगापुर को स्तरमा पुर्याउने छौ |

जस्ता मिठा सपनाको मन्त्र  फुकेर जनतालाई आफ्नो वशमा  पारेर जनतालाई १२ वर्ष बन्दुक बोकाएर कतिलाइ अङ्ग भङ्ग गराएर कतिका सिन्दुर पुछिदिएर,  कतिका काख खोसिदिएर ,कतिका परिवार चील्ली बिचल्ली पर्दै सत्ता सम्मको यात्रालाई सफल पर्नेहरु आज जनता माझमा जाँदा  लगाएका  तिनी आदि फाटेका कपडा अनि तिनी कुर्कुच्चाले दवाएर चप्पलको  पछाडी प्वाल परेका चप्पललाइ वाग्मतीमा सेलाई सके हिजो त्यो खरले छाएको झुपडीमा बस्नेहरु आज त्यो झुपडी भुली सके हिजो महीको खोले सँग कोदो र मकैको ढेडो खानेहरु आज त्यसको स्वाद भुली सके आज तिनै हिजो च्यात्तिएका  कपडा लगाउनेहरु आज दिनको ४ जोर अमेरिकन टाई सुट बदलि बदलि लाउन थाले , हिजो त्यो पनि चुहिने खरको झुपडीमा बस्नेहरु आज अलिसान महल महल अगाडिको बगैचामा लगागेको झुलामा झूलन अनि संगै रहेको  सुइमिंग पुलमा डुब्नथाले हिजो पैदलै दर्जनौ कोस हिड्नेहरु आज अलिसान गाडीमा गुड्न  अनि हेलिकप्टर मा उड्न थाले ,हिजो महिको झोल सँग ढेडो खानेहरु आज  मार्सी चामलको भात अनि थरि थरि जनावर र पन्छीका मासु तान्न थाले हिजो लोक्क्ल कोदोको खाइ चौपारीमा सुत्नेहरु आज ब्रान्डेट  विदेशी हुस्की पिउदै  अलिसान सोफामा तिनै अमेरिकन टाई सुट मै सौच गर्दै  सुत्न थाले हिजो  नारी अधिकार  दिलाउने भनि आवाज उठाउनेले रखेल महिला  राखी झुम्न थाले हिजो नारि सोतान्त्रता का कुरा गर्नेहरु आज चेली बलात्कार गर्ने हरुलाई ओत्न थाले परिवर्तन अवस्य पनि तिनीहरुलाई भएकै  होला तार हिजो हिजोका तिनी गरिब र दुखि भोका र नांगा सबैको अवस्था  जिउको तिउ छ हजो आस्वासन दिनेहरु आज पनि जनता माझ  पुग्न  त पुग्छन  नपुग्ने हैन तर ५ बर्सको एक पटक त्यहि झुटो आस्वासन को मन्त्र नै लिएर |

केगरुन दुखि र नांगा जनता पनि बर्सौ भरि पेट भरि खान नपाएको त्यो खालि पेट मा ५ बर्सकै २/३ छाक भोटकै स्वार्थमा दिएको मासु भातले भए पनि भर्न पाउँदा भोटकै स्वार्थले भए पनि बर्सौ सम्म नयाँ  र सग्लो कपडा नपाएको सरिर बिभिन्न चुनाव चिन्न्ले भरिएको टिसाट ले भर्न पाउदा चुनावकै निउमा भए पनि एकैछिन खुट्टालाई आराम दिएर प्रचार प्रसारको गाडीमा चड्न पाउदा खुसि नै हुन्छन अनि त्यहि चुनावको माहोलमा खानलाउन गाडी मा हिड्न पाउदा त्यसैलाई परिवर्तन ठान्दछन अनि फेरी नेता जी जिन्दावाद कै नारा लाउन थाल्दछन |

त्यस्तै मजदुरलाइ  शोषण गर्ने ब्यवासाही उधोगपति लाई कारवाही गर्ने मजदुर हरुको हक हितमा काम गर्ने बाचा गरि बजदुरको भोट आफ्नो  वशमा पर्नेहरु आज तिनै शोषक ठेकेदार ब्यवासाही र उधोग पतिलाई कर छुट  गर्दिन ब्यस्त देखिन्छन , तिनै हरुको पक्षमा कानुन संसोधन गर्दिन  , तिनीहरुकै सेवा सुविधा  जे गर्दा हुन्छ त्यही गर्दिन व्यस्त छन तर मजदुर र कामदारको हितामा केहि आवाज सुनिदैन  , त्यस्तै शोसक  र जनहितमा कामम नगर्ने  भस्टचार गर्ने कर्मचारीलाइ  कारवाही गर्ने चेतावनी दिएर आएकाहरु आजाज आफ्ना नजिकका व्यक्तिलाई उच्च पद मा निउक्ति गर्न व्यस्त छन र तिनीहरुले गरेका गल्ति ओत्न त्यस्तै भस्टचार गर्ने मार्ग बन्द हैन बरु कुन नियमले गर्दा भस्टचार गर्न सहज हुन्छ त्यसतै नियमहरु परिमार्जन गर्न मा ब्यस्त छन त्यसैले जनाता र जना हितमा काम भएको छ भन्ने वातावरण नभएको महसुस सबै जनातालाई हुन जरुरि छ र अव जनताले  पनि पाटीको झोला बोकेर भ्रममा  नपरि एउटा पाटीको झन्डा बोकेर हैन सोतनत्र नागरिक भएर राजनीति चुनावको दिन मात्र सत्य र असत्यको सहि र गलतको पहिचान गरेर अगाडी बढ्न  जरुरि छ जनता कसैको दास हैन देश र नेपाल आमामको दास बनोस |      

Comments

Leave a comment