चैत्र २६ झापा -

लकडाउनका समयमा झापाका केही स्थानीय तहले वितरण गरेको राहतमा चरम लापरवाही भएको पाइएको छ ।

विपन्न परिवारलाई भन्दै निर्धारण गरी वितरण गरिएको राहत सामग्री कम तौल, लक्षित वर्ग बञ्चित र अनावश्यक भीडभाड भएको पाइएको

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ ले वितरण गरेको राहत चामलको परिमाणमा गडबडी भएको पाइएको छ । वडाको ब्लक नम्बर ६ जात्रुवाडीका एक सय ५७ अतिविपन्न परिवारलाई प्रतिब्यक्ति ४ केजीका दरले भन्दै बितरण गरिएको चामल कसैले २ केजी र कसैले ३ केजी मात्रै पाएका छन् ।

वडा कार्यालयले ४ केजी प्रतिब्यक्ति राहत दिने भन्दै वितरण गरेको चामलको तौलमा शंका लागेपछि स्थानीयले पुनः तौल गर्दा चामलको तौल नपुगेको पाइएको छ । टोलका सबै घरमा बितरण गरिएको चामलको तौल कम छ भने गुणस्तर समेत नभएको स्थानीयको गुनासो छ ।

मेरो परिवारमा २ जना छौँ, त्यो हिसाबले ४ केजी पाउनुपर्ने हो’ बिर्तामोड–५ का केमा चौधरीले भने, ‘घर ल्याएर जोखेको ६ केजी मात्रै भयो ।’

वितरणमा संलग्न नगर सदस्य डिआर कडरीयाका अनुसार प्रतिब्यक्ति ४ केजीका दरले १ सय ५७ घरलाई दुई हजार सात सय २६ केजी चामल वितरण गरिएको थियो । बुधबार वडाले ब्लक एक एमीटी कलेजमा सामाजिक दुरी कायम समेत नगरी अनावश्यक भीडभाडका साथ खाद्यान्न बितरण गरिरहेको पाइएको छ । 

Comments

Leave a comment