पाल्पा – गत साउन २९ गते तानसेन विशालबजारकी ४० वर्षिया महिलामा कोरोना संक्रमण देखिएपछि  समुदायमा कोरोना संक्रमण फैलिएको आशंकामा उक्त्त  जोखिम क्षेत्रमा  गरिएको कोरोना परीक्षणमा सबैजनाकाे रिपोर्ट नेगेटिभ आएको छ । महिलामा संक्रमण बेखिएपछी  तानसेनस्थित बिशालबजार क्षेत्रमा मास र कन्ट्रयाक्ट ट्रसिङ्का आधारमा स्वाब परीक्षण गरिएको थियो  ।

 विशालबजार क्षेत्रका बासिन्दा र संक्रमित महिलासँग सम्पर्कमा आएका गरी ३३५ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा  ३३५ जनामध्ये ३२२ जनाको रिपोर्ट यस अघि नै नेगेटिभ  आईसकेको थियो र बाकी १३ जनाकाे पनि आज रिपाेर्ट नेगेटिभ आएकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी  पन्थीले  जानकारी दिनु भयो .|

 

Comments

Leave a comment