वैशाख २० ताप्लेजुङ 

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन् । मानवीय क्षति भए नभएको पहिचान भइनसकेको  ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

मानवीय क्षति भए नभएको पहिचान भइनसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । आगालागी सदरमुकामको न्युरोड क्षेत्रतर्फ लागेको उनले बताए । आगो अहिले करिब नियन्त्रण लिइसकेको उनले जानकारी दिए । । अगलागी नियन्त्रणका लागि नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारी निरौलाको टोली, मेयर र स्थानीयवासी खटेका थिए ।

Comments

Leave a comment