लोकेन्द्र सापकोटा –स्याङ्जाको गल्याङ नगरपालिका–३, गल्याङका युवा समाजसेवी रामकृष्ण भट्टराईले सडकमा हिड्ने यात्रुका लागि पिउनेपानी, माक्स र हातधुने साबुन राखिदिएका छन् । (कोभिड–१९) कोरोना भाईरसकाको महामारीको बेला बाटोमा हिड्ने यात्रु बढि जोखिममा हुने हुँदा जोखिम न्युनिकरणमा सहयोग पुगोस भन्ने हेतुले उनले उक्त समान राखिदिएका हुन् । गल्याङको चापकोट रोडमा यसअघि त्यहाँका व्यापारीले राखेको हातधुने धारा सहितको ड्रम नजिक भट्टराईले पिउनेपानी, माक्स र हातधुने साबुन राखेर ‘नहुनेले प्रयोग गरौँ, हुनेले छोडेर जाऔँ’ भन्ने पोष्टर समेत टाँसेका छन् । ‘टाढाबाट आउने यात्रुले प्यास मेटाउन सकुन्, माक्स नलगाई हिडेका यात्रुले राखिएको माक्स सजिलै झिकेर प्रयोग गरुन्, यात्रामा वा बजारमा कुनै सामान छोएपछि हात धुन नपाएकाले साबुनपानीले सहिलै हातधुन सकनुन् भनेर यसो गरेको हो ।’ उनले भने, ‘कोरोना भाईरसबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउने समय हो, सबै नागरिकले एकअर्कालाई सहयोग गर्न सकेमा कोरोनाबाट सजिलै बच्न सकिन्छ ।’ भट्टराई गल्याङ बजारचापकोट रोडमा रहेको गल्याङ कम्पुटर एण्ड स्टेसनरीका प्रोपराईटर समेत हुन्

Comments

Leave a comment