नन्दु यादव भदाै २४ नवलपरासी

पश्चिम नवलपरासी जिल्ला को सरावल गाउँपालिकामा सन्चालित एबिसि नेपाल ले किशाेरीहरुकाे सहारा बन्दै गईरहेकाे छ । समय समयमा किशाेरीहरुकाे अार्थिक अवस्था बलियाे बनाउन सहयाेगिकाे भुमिका खेल्दै अाएकाे छ।यसै गरि सरावल गाउपालिका अन्तर्गत रहेका बिभिन्न ९ जना किशोरीहरुकाे अार्थिक उन्नतिहाेस भन्दै बाख्रा पालनकाे लागि नगद अार्थिक सहयोग सस्थाले गरेको छ । खास गरि बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना महामारी ले गर्दा अार्थिक अवस्थानै धरापमा पर्दै गएपछि संवाद केन्द्रमा अध्यनरत ९ जना किशोरीहरुलाई २० हजारकाे दरले कुल १ लाख ८० हजार आर्थिक सहयोग गरिएको सस्थाले जनाएकाे छ ।

 

 

किशोर किशोरी सञ्जाल काे अध्यक्ष महेश यादवको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथतामा भएकाे कार्यक्रममा अार्थिक सहयाेग हस्तान्तरण गरिएकाे हाे । कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत बुध्द प्रकाश पाैडेल,. वडा न ४का वडा अध्यक्ष छोटेलाल यादव, वडा सदस्य जयन्ती सहानि,वडा न ५का वडा अध्यक्ष दिनेश सहानि, वडा न ६ का वडा अध्यक्ष कैलाश यादव र समाजिक अभियानता ईजहार मोहमद शेष लगायतले शुभकामना ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि चाैधरीले सस्थाले उपलब्ध गराएकाे रकम बाख्रापालन मै उपयाेग गरि बाख्रा पालन ब्यवसाय लाई अगाडि बढाउनु पर्ने कुरामा जाेडदिनु भयाे ।सरावल गाउपालिका ले कृषि ,ब्यवसायिक क्षेत्रमा नमुनाकाे रुपमा बनाउने लक्ष्य लिएकाे ले हरेक क्षेत्रमा ब्यवसाय तथा कृषि क्षेत्रमा अगाडि बढिरहेेेेकाे ब्यवसायिकलाई गाउपालिकाले पनि सधै सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।गाउपालिका भित्र तरकारी खेती ,पशुपालन ,माछा पालन लगायत क्षेत्र लाई हामिले नमुनाकाे रुपमा देख्न चाहिरहेका छाै र नमुना भएकाे क्षेत्रलाई गाउपालिका पनि अार्थिक रुपले ब्यवसायिकलाई प्राेत्साहन स्वरुप अार्थिक सहयाेग गरि नमुना बनाउने याेजना रहेकाे बताउनु भयाे । कार्यक्रम ए.बि.सि नेपाल , स्ट्राेम फाउन्डेसनकाे सहयोग तथा गाउँपालिका स्तरिय संवाद किशोर किशोरी सञ्जालकाे अायाेजनामा भएकाे बताईएकाे छ ।

अार्थिक अवस्था कमजाेर रहेका किशोरीहरुलाई जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ बाख्रा पालन ब्यवसायकाे लागि रकम हस्तान्तरण गरिएको ए.बि.सि नेपालकि सहजकर्ता साइदा नेसा पठानले बताउनु भयाे । साथै यश सस्थाले ब्यवसायिक ,शैक्षिक,सामाजिक लगायतका क्षेत्रमा अार्थिक सहयाेेग तथा विभिन्न किसिमकाे जनचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दै अाएकाे पठानले बताउनु भयाे ।अाउनेदिन मा हरेक क्षेत्रलाई बिकास गर्नका लागि विभिन्न याेजनाका साथ अगाडि बढने लक्ष्य रहेकाे उहाले बताउनु भयाे ।

Comments

Leave a comment