नवलपरासी ,२२ भदौ

"हुनेले दिएर जानुहोस नहुने ले लिएर जानुहोस" भन्ने मुल नाराका साथ बि सि डब्लु युथ नेपाल ले सन्चालन गरेको  खाद्यान्न बैंक  एक ठाउँ बाट सन्चालन नगरी नगरपालिका भित्र सबै वडा मा गएर गरिबी को चुलो  बाल्न अगि बढेको  छ । एकै ठाउँ बाट खाद्यान्न बितरण गर्दा एक क्षेत्रका ब्यक्तिले मात्र पाउने र गरिब तथा धनी सबै ले  राहात लिन आउने भएकाले त्यो प्रभावकारी नभएको  सन्चालक  समितीका एक अगुवा रोशन श्रेष्ठ  ले जानकारी दिनुभएको छ ।

 सुनवल नगरपालिका १३ वटा वडा भित्रका जो गरिब छन जुन बिहान काम गरेर साझ खाने परिवार लाई मुल्यांकन गर्दै  राहत वितरण गर्दा बास्तबिक गरिबी ले मात्र राहत पाउने धनिगरिब सबै को घर मा चुलो बल्ने बिस्वास रहेको बताउनु भयो । यसै क्रममा आज सुनवल नगरपालिका वडा नम्बर २ मा ३० घर  वडा नम्बर ३ मा १० घर र वडा नम्बर ६ मा २० घरधुरी लाई चामल ,दाल,नुन,तेल,सैबिन,साबुन, वितरण गरिएको छ । खाद्यान्न बैंक  निरन्तर अगि बढ्ने भएकाले साथ र सपोट गर्नु हुने ले 9807475412 मा सम्पर्क गर्न   बि सि डब्लु युथ नेपाल का सचिब तथा कार्यक्रम अभियान्ता रोशन श्रेष्ठ ले जानकारी दिनुभएको छ ।

Comments

Leave a comment