२६ भदौ, चितवन । 

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक आज  बिहान करिब ८  बजे झरेको पहिरोले सडक दुईतर्फी  रुपमै अवरुद्ध  बएको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले सडक खुलाउन प्रयास भैरहेको जिल्लाका प्रहरी प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

Comments

Leave a comment