वैशाख २० काठमाडौ 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपाको सचिवालय बैठक आज बस्दै छ । बुधबार बसेको बैठकले आजका लागि पुनः बैठक बस्ने गरी मिति तोकेको थियो । बुधबारको बैठकमा प्रधानमन्त्री के पी शर्मा ओलीले कोरोना महामारी सकिएपछि पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्रीको प्रस्ताव आएपछि पार्टी्भित्र नयाँ वहसले प्रवेश पाएको छ । 

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई छुट्टाछ्ट्टै भेटेर पार्टी्भित्रको विवाद समाधानमा सहयोग गर्न प्रस्ताव गर्नुभएको छ । यता वरिष्ठ नेता नेपालले भने प्रधानमन्त्री ओलीले राखेको तेस्रो अध्यक्ष बन्ने प्रस्ताव नमान्ने बताउनुभएको छ। आज सचिवालय बैठक बस्ने भएपछि शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपालले हिजो प्रधानमन्त्रीको प्रस्तावका विषयमा गम्भीर छलफल गर्नुभएको छ ।

गौतमलाई प्रधानमन्त्री बनाउने नै हो भने प्रधानमन्त्रीले ठोस र प्रामाणिक रुपमा प्रस्ताव ल्याउनुपर्ने उहाँहरुको निष्कर्ष रहेको छ । नेपाल निवास कोटेश्वरमा दुई शीर्ष नेताहरुबीच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । 

Comments

Leave a comment