२५ भदौ, काठमाडौं

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संशोधनसहित संसदबाट अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

नेकपा स्थायी कमिटीको पाँचौ बैठकमा प्रस्तुत गर्न तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधनसहित अनुमोदन गर्ने ।’

दल भित्रै यसका विषयमा पक्ष विपक्ष भएपछी दलहरूबीच विवाद हुँदा तीन पटक संघीय संसद सचिवालयमा दर्ता भए पनि एमसीसी कम्प्याक्ट अनुमोदन भएको छैन ।

 

Comments

Leave a comment