नवलपरासी भदौ २७ 

नेपाल तरुण दल सुनवल नगरपालिका वडा नं ६ ले सुनवल १३ सगरपोखरीमा रहेको पवित्र बृद्धाश्रमलाई खाद्य सामाग्री सहयोग गरेको छ । दलले आज बृद्धाश्रममा एक कार्यक्रमका बिच चामल ५० केजि, आटा १५ केजि, नुन ५ पोका, चना ५ केजि, १ कार्टून तेल, सोयाविन ६ पोका, प्याज र टमाटर ५/५ केजि खाद्य समाग्री सहयोग गरेको हो ।

 

नेपाल तरुण दल सुनवल वडा नं ६का अध्यक्ष नरबहादुर चौधरीको अध्यक्षता तथा नेपाली कांगे्रस क्षेत्रिय सचिव माधवप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यस बिषम परिस्थितिमा बृद्धाश्रमलाई केहि सहयोग पुगोस भन्ने हेतुले खाद्य सामग्री सहयोग गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि पाण्डेले अहिलेको महामारीमा जनताले सरकार बिहिन भएको महशुस गरेको अवस्थामा तरुण दले यस्तो कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाले आगामी दिनमा स्वास्थ्य शिबिर संचालन गर्ने जानकारी गराउनुभएको थियो । यसैगरि बिशिष्ठ अतिथि नेपाल तरुण दल जिल्ला सहसचिव भरत पौडेलले नेपाल तरुण दल सुनवल नगरकार्य समिति संगको सहकार्यमा आगामी दिनमा बृद्धाश्रममा शौचालय निर्माण गरिने जानकारी गराउनुभयो । सो अवसरमा नेवि सघं निवर्तमान जिल्ला सभापति राजन भण्डारी, तरुण दल नगर सभापति पबिन गुरुङ, उपसभापति लाल बहादुर शेन लगायत तरुण दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comments

Leave a comment