भाद्र २५ नेपालगन्ज 

 

नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले मिटर बक्स दुरुपयोग गरी विद्युत चुहावट गर्ने सुर्खेतरोडस्थित बागेश्वरी इन्टरनेशनल र बागेश्वरी प्रिन्टर्समा छापा मारेको छ । 
बुधबार प्राधिकरण कर्मचारी र प्रहरी सहितको टोलीले छापा मार्ने क्रममा दुबै फर्मका नाममा प्रयोग भएका मिटरबक्स अनियमित तरिकाले सन्चालन गरी चुहावट गरेको भेटिएको जनाइएको छ । प्राधिकरणका इन्जिनियर सागर तिमिल्सेनाले फरक प्रयोजनका लागि जडान गरेको मिटरबक्स अर्कै कामका लागि प्रयोग भएको बताउनु भयो । उनका अनुसार घरमा कुनै कृषिसंग सम्बन्धित काम नभए पनि सस्तो महसुल बुझाउनुपर्ने कृषि मिटर जडान गरेर घरमा एसीसम्म चलाएको पाइएको छ । उक्त घरमा लामो समयदेखि विद्युत चुहावट हुँदै आएको पाइएपछि प्राधिकरणले चेतावनी दिएको थियो भने त्यसलाई अटेरी गरेपछि विद्युतले लाइन काट्न बाध्य भएको इन्जिनियर तिमिल्सेनाले बताउनु भयो ।

Comments

Leave a comment