असोज २१ , बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा रु ८०० घट्दै तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै बुधबार तोजाबी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार मंगलबार  तोलामा १२०० रुपैयाँमा कारोबार भएको र  चाँदीको मूल्य बुधबार ११७५ रुपैयाँमा कारोबार भएको छ । 

Comments

Leave a comment