काठमाण्डौ साउन २९                                               हालै काठमाडौ को टोखा नगरपालिका वडा न ८ पंचामृत मिडिया ग्रुप प्रा.लि दुवारा  सन्चालनमा आएको पंचामृत खवर अनलाईन पत्रीकाको लागि ७७ वटै जिल्लामा मा रिपोर्टिङ को लागि रिपोटर आवस्यक परेको हुदा हाल सम्म २२ जिल्ला बाट रिपोटर नियुक्ति भै सकेको र अब अन्य जिल्लाको लागि आवस्यक भएकोले आवेदन खुला गरिएको छ ।

कम्पनीले केही समयमा नै आफ्नै  टेलिभिजन र दैनिक पत्रीका पनि प्रकाशन तथा प्रसारण गर्ने र देश ब्यापी रुपमा एउटा छुट्टै जनस्तरको मिडिया स्थापना गर्न गइरहेको हुँदा  यो आवेदन खुल्ला गरिएको हो ।                                                            कम्पनिका प्रवन्ध निर्देशक राजु गैरेका अनुसार आफ्नो मिडियामा कुनै राजनितिक छाप लाग्न नदिइ भोलि जनस्तरका आवाजहरुलाई समेटी सामाजिक रुपान्तरणमा एउटा दरिलो भुमिका खेल्ने मनसाय राखेको हुँदा, नयाँ  ब्यक्ति जो एउटा असल पत्रकार बनी समाजमा रहेका भ्रष्टाचार , बेथिति ,रुढीबादी जस्ता कुराको चिरफार गर्ने र सामाजिक रुपान्तरण  गर्ने मनसायका साथ प्रबेस गरेकाहरुलाई विशेष अवसर दिने उहाले बताउनु भयो ।

Comments

Leave a comment