वीरगन्ज : पर्सामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशालमा शुक्रबार राति गरिएको परीक्षणमा पर्साका ३१ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए । भने ३१ जना निको भएर घर  फर्किएको पनि जानकारी आएको छ |

 

संक्रमण पुष्टि भएका पर्साका ३१ जनामध्ये वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २, ३,  ६, १० र  २१ का गरी १८ जना छन् । पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ३ का ६ जना, वडा नम्बर ४ का ४ जना, कालिकामाई गाउँपालिकाको वडा नम्बर ३ हरिहरपुरका २ जना र वडा नम्बर  २ भेडिहारीका १ जनामा शुक्रबार राति संक्रमण पुष्टि भएको हो । 
शुक्रबार राति ३१ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या २ हजार ९५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पर्सामा शुक्रबार साँझसम्म ५ सय ८६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् । शुक्रबार साँझ पनि ३९ जना अस्पतालबाट डिस्चार्ज भएका थिए । 

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार वीरगन्जस्थित दुई वटा कोभिड अस्पतालमा अहिले ९२ पुरुष र ३९ महिला गरी १ सय ३१ जना  संक्रमित उपचाररत छन् ।
 यस्तै होम आइशोलेसनमा ८ सय १९  जना संक्रमित छन् । विभिन्न अस्पतालका आइशोलेसन, धर्मशाला, होटल र विद्यालयहरुका सेमी आइशोलेसनमा ३ सय १९ जना संक्रमितहरुलाई राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

Comments

Leave a comment