भदौ २६

पश्चिम नवलपरासी सुस्ता गाँउपालीका वडा नम्बर ५ घर भएका ५५ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा उनको आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो । कोरोना संक्रमित पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि भदौ १९ गते अस्पताल पुर्याईएको थियो ।

ति व्यक्तिमा मधुमेह, उच्च रक्तचाप र कलेजोको पनि समस्या रहेको डाक्टर गौतमले जानकारी दिनुभयो । यो संगै पश्चिम नवलपरासीमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ४ भएको छ ।

कोरोना संक्रमण फैलदो क्रममा रहेको र लक्षण सहितका संक्रमित देखिएकाले विशेष सावधानी अपनाउन पनि स्वासथ्य कार्यालयले आग्रह गरेको छ ।

Comments

Leave a comment