पाल्पा भाद्र २५ 

– पाल्पा जिल्लाको बगनासकालीमा गयराती घर भत्किदा पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका  अनुसार  गए राति घर भत्किएर सुतिरहेका बगनासकाली ७, खानीगाउँका २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो ।

सुमनलाइ घर भत्किएर च्यापिएपछि स्थानीय बासिन्दाले निकालेपछि उपचारका लागि युनाइटेड मिसन अस्पतालमा उपचारका लागि ल्याएका थिए । 

तर सुमनको उपचारको क्रममा चिकित्सवले मृत घोषणा गरेको प्रहरीले जनाएको छ  । उक्त पहिरोमा दुई बटा भैसी  समेत पुरिएको प्रहरीले जनाएको छ | 

Comments

Leave a comment