तालपोखरा सीताकुन्ड खैरेनी वन राम गुफा सुन गुफा, कालीगण्डकी, दर्लममहाकाली, दर्लमडाँडा,महामृत्युन्जय शिबासन बराङ्दि जस्ता धेरै पर्यटकीय स्थलहरू छन्। केहि समय पहिला श्रीनगरमा  अवलोकन चुचुरो पनि बनेको छ । रानीमहल खड्गशम्सेरले आफ्नी रानीको सम्झनामा बनाएको मनोहर भवन हो, जसलाई नेपालको ताजमहल भनिन्छ। यो जिल्ला देशकै सबैभन्दा अनुकूल हावापानी भएको जिल्ला  पनि हो  एतिहासिक रुपमा पनि यो जिल्लाको परिचय छुट्टै बनेको छ जसकारण यो जिल्ला एक पर्यटकीय हिसाबले  नेपालमा मात्र नभएर विश्वमा नै परिचित रहेको छ | 

" /> पंचामृत खबर

पाल्पा भाद्र २३ राजु गैरे 

पाल्पा  जिल्लामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भा देबि, पूर्वखोला, रामपुर, तालपोखरा सीताकुन्ड खैरेनी वन राम गुफा सुन गुफा, कालीगण्डकी, दर्लममहाकाली, दर्लमडाँडा,महामृत्युन्जय शिबासन बराङ्दि जस्ता धेरै पर्यटकीय स्थलहरू छन्। केहि समय पहिला श्रीनगरमा  अवलोकन चुचुरो पनि बनेको छ । रानीमहल खड्गशम्सेरले आफ्नी रानीको सम्झनामा बनाएको मनोहर भवन हो, जसलाई नेपालको ताजमहल भनिन्छ। यो जिल्ला देशकै सबैभन्दा अनुकूल हावापानी भएको जिल्ला  पनि हो  एतिहासिक रुपमा पनि यो जिल्लाको परिचय छुट्टै बनेको छ जसकारण यो जिल्ला एक पर्यटकीय हिसाबले  नेपालमा मात्र नभएर विश्वमा नै परिचित रहेको छ | 

 

यहाँ बर्षेनी लाखौ स्वदेशी तथा विदेशी पर्यटक घुम्नको लागि आउने गर्दछन तर यहाँ आउने पर्यटक हरुबाट जति फाइदा लिन सकिने हो त्यति फाईदा लिन भने सकिएको देखिएको छैन किन भने यहाँ आउने पर्यटकहरुलाई भने जति मनोरंजन  र सेवा सुविधा दिन यो जिल्लाले  सकिरहेको छैन | यहाँ साच्चिकै पर्यटकीय हिसाबले पाल्पालाई विकाश गर्न सक्ने हो भने पाल्पा जिल्ला वासीलाई अरु काम गर्न  नपर्ने देखिन्छ यहाँका युवाहरुलाई यहि काम दिन सकिने देखिन्छ र यहाँका युवाहरु पनि अवस्य  बिदेशिनु पर्ने छैन | पाल्पा जील्लका  कतिपय स्थानहरु प्राकृतिक सौन्दय र अन्य धार्मिक तथा ऐतिहासिक रुपले परिचित भएता पनि विकासका पूर्वाधार को अभावमा पछाडी परेका छन भनौ या सुनसान भएका छन तर पाल्पा जील्ला बगनासकाली  गाउँपालिका  एउटा यस्तो स्थान हो जुन स्थान प्राकृतिक ,भौगोलिक धार्मिक र एतिहासिक  सम्पूण् कुराले सम्पन्न रहेको छ तर पनि यस क्षेत्रका अगुवा तथा जनता कसैले पनि आज सम्म यसलाई चिन्न सकेको आभास भएको छैन यहाँको विकास  गर्न आझ भनौ भने पर्यटन विकास गर्न केहि दुख भने नहोला यो स्थानलाइ हेर्दा लाग्छ भगवानले पनि यहाँ पर्यटन विकासनै गरेर अगाडी बढन  भनेर बरदान  दिएका हुन् | यो भगवानको देनलाई वास्तममा नै हामीहरुले प्रयोग गर्न जान्ने हो भने यो हिराको टुक्रा नै हो तर  यस्  स्थानका मानिसहरु पनि यो सोर्गको काख छाडेर बिभिन्न बहानामा  तराई र अन्न्य सहरहरुमा बसाइ सरिरहेको अप्रिय दृश्य देख्न बाध्य छौ |

यहाँ चाहाने हो भने हामि नेपालको मात्र हैन विश्वको नै रमणीयस्थल बनाइ हामि मनग्य आम्दानी गर्न र घर परिवार रमाउदै यसै स्थानमा नै बस्न सक्दछौ |

मैले देखेको यस्  स्थानको सम्भावना त्यसैले म हिराको टुक्रा भन्न रुचाउछु |

गनासकाली गाँउपालिका, पाल्पा जिल्ला अन्तरगत तानसेन बजारबाट ७ कि.मि. उत्तरमा रहेको छ । जसमा विभिन्न कला, सस्कृति, भाषा, धर्म, जातजातिहरुको समिश्रण रहेको छ । यस गाँउपालिका भित्र धेरै उर्वर कृषि भूमि, सामूदायिक वन क्षेत्र, दुर्लभ वन्यजन्तु र चराचुरुगीहरु रहेको छ । यहाँ कुमाल, बोटे तगायत बाहुन, क्षेत्री, मगर, तथा दलित जातिय बाहुल्यता रहेको छ । यस क्षेत्रले कृषि तथा धार्मिक र मनोरंजनलगायत  पर्यटन माध्यमबाट  फड्को मर्न सक्दछ ।

यहाँ एक तर्फ कालिगण्डकीले घेरेको छ भने अर्को तर्फ हामिहरुलाई  सिद्दार्थ   राजमार्गले  अनि नजिकै हाम्रो सदरमुकाम पनि रहेको छ त्यस्तै नेपालको ताजमहल भनेर चिनेनिने रानीमहल जिल्लाकै त.ना.पा मा परेता पनि त्यस संगै हाम्रो पालिकाको सिमाना जोडिएको छ |  यस पालिका भित्र  . बगनास देविस्थान, दर्लम महाकाली ,महामृत्युन्जय सिवासन क्षेत्र्, सुनगुफा रामनदी धाम ,मालारानी, रानीमहल, ऋषिकेशेस्वर मन्दिर लगाएत प्रसिद्ध धार्मिकस्थल स्थलहरु रहेका छन | त्यस्तै यस क्षेत्रमा शिक्षाको जग पनि बलियो नै देख्न सकिन्छ यसैस्थानको  माटोमा जनिएका भनौ या यस माटो सँग नाता गासिएका व्यक्ति धेरै जना आज नेपालको तथा विस्वकै पनि उच्च स्थानमा पुग्न सफल भएका छन | त्यसैले यो सबै कुरालाई मध्यनजर गर्दै उच्च स्थानमा पुगेका व्यक्ति सबैलाई केन्द्रित गर्दै हातेमालो गरेर हामीहरुले  एउटा राम्रो गुरुयोजना बनाएर गाउँपालिकाको नेत्रित्वमा  यस्  क्षेत्रका परिचित व्यक्तिहरुलाई र उनीहरु मार्फत एउटा लगानी खडा गराई  नायरमा नै सर्बे भै सकेको अन्तर्राष्ट्रिय स्थारको हवाई मार्ग निर्माणमा  बेजोड पहल गरि  निर्माण गर्ने जसकारण बिदेशि  तथा स्वदेशि  पाहुना त्यहि झार्न  सक्ने छन् साथै  यहाँ झर्ने र घुम्ने मनसाय बाट आएका स्वदेशि तथा बिदेशी पाहुनालाई सर्वप्रथम त्यहि रहेको बगनास देबी मन्दिर बर्शन  गराई त्यहा बाट तल मलारानी हुदै शिवासन तर्फ आक्रसक विधुतीय तुईन मार्ग बनाइ त्यसै बाट शिवआसन बाराङ्दि  सम्म पुर्र्याउने र त्यहाँ दर्शन  गराई खानिगाँउ हुदै पाल्पा रानीमहल पुर्र्याउने रानीमहल नजिकै बाट जोडिएको हाम्रो भूमिमा एउटा ठुलो स्तरिया होटल नथा एउटा पार्क निमार्ण गर्ने साथ् साथै त्यहाँ बाट जलमार्ग हुदै राम्दी सम्म र्र्याटिङ् संचालन गर्ने र त्यहा झरेपछि संगै त्यहि बाट राम्दी हुदै मलेंङ्  गुडवाखोला सम्म घोडा सवार संचालन गर्ने र त्यही बाट गुडुवाखोला र दर्लम  चितुवा डाँडा बिचमा पर्ने भोरिरह माथि बाट झालुन्ग्गे पुल निर्माण गरि त्यसमा बंजीजम्प संचालन गर्ने साथै त्यहि बाट पुन घोडा सवार गरि नजिकै रहेको  शिवमंदिर दर्लम महाकालीलाइ अझैँ  व्यवस्थित गरि त्यहाँ दर्सन गराउने र महाकाली नजिकै रहेको एउटा अति सुन्दर पहाड भार्सेडाँडा र धारा माथि बिच मा पहाड भित्रै फराकिलो र पानि ओत्ने ठाउँहरु रहेको हुदा त्यसैलाई प्रयोग गर्दै अझै खोपेर ठाउँ ठाउँमा  र्र्यलिन लागाइ फलामले घेरेर त्यहि एउटा हिल साईट कटेज र सुन्दर पार्क बनाउने जुन नेपालमै एउटा नयाँ बिषय अवस्य बन्ने छ |

त्यस्तै यहि बाट नायर सम्म केबुलकार संचालन गर्ने र जील्ला  प्रवेश त्यहि बाट गराउने

साथै प्यारासुट खेल्लन आउने पर्यटकहरुलाई पनि पलिकाको वडा न ५ मै रहेको माथिल्लो कोलडाँडा बाट प्यारासुट खेल्लने व्यबस्था मिलाउने जहाँ बाट पर्यासुट खेल्दा दर्लाम राम्दी दर्पुकको  सुन्दरफाट कालीगण्डकी ए जलविधुत आयोजना र बेल्टारि को सुन्दर फाट देख्न सकिने छ |

साथै यहाँ आउने पाहुनाहरुको लागि निमार्ण गरिएका स्थारिय दर्लामडाँडाको हिलसाईट होटेल र पाल्पा रानीमहल मा बनाईएको होटेलमा पाहुनालाई खुवाउन  दैलातुङ्, मचेटा दर्पुकका बोटेजातिलाई   कालीगण्डकीमा माछा मार्ने जिम्मा दिने त्यस्तै यहि उब्जियाको कफी पिलाउने यहि पालिएका लोक्क्ल कुखुरा कडक्नाथ लगाएतको मासु उपयोग गर्ने उब्जिएका खाने कुरा खुवाउने त्यस्तै त्यस्तै होटलमा यहि को मगर नाच झाम्रे  त्यस्तै भंजन चुडकाले पर्यटकलाइ मनोरंजन दिने |

 बगनास् लागेत का विस्वकर्मा जातिले बनाएका कलात्मक हतियार भाडाकुडा ,  खानिछाप लगाएत क्षेत्रका मगर जातिले बुनेका डोका नामला,लगाएत बाँस र पराल बाट बनाईएका सामग्री प्रदर्सन गर्ने तथा बेच्ने यहाँ विभिन्न स्थानमा फलफूलका बगौचा बनाउने यस क्षेत्रमा बहुमुल्ले जातका बोट बिरुवा लगाई सबैलाई त्यो क्षेत्र घुमाउने , तथा उत्पादन गरेर बेच्ने यहाँका युवाहरुलाई बिसेस तालिम प्रधान गरि दर्पुक ,दर्लाम खहरेखोला ठुला खोला , यम्घा , बरांदी , दैलातुङ् पोखराथोका मलेंङ्मा खेति गरि दाल चामल तथा तरकारी फलफुल उत्पादन गर्ने त्यस्तै पालिका भित्र धेरै जंगल तथा चरण क्षेत्र भएकाले यहाँ कतिपयलाई पशुपालनमा आग्रसर र गराउने र यहाँ उत्पादन भएका सबै बस्तुको बजार पालिकाले व्यवस्था  गरिदेने हो भने साच्चिकै यो स्थानका कुनै युवाको पसिना खाडी मुलुकमा बग्ने थिएन कुनै घरमा  बुढाबुढी मात्र बस्नु पर्ने थिएन , यो पालिका साच्चिकै नेपालीकै नमुना र बिकसित नगरपालिका मा परिणत भै नयाँ पहिचान बन्ने थियो |नेपालका मात्र नभई विश्वका धेरै व्यक्तिले  चिन्ने थिय |  यहाँका कोहि पनि बसाइ सराइ गरि बाहिर जाने थिएन बरु बाहिर बाट यहाँ बसाइ सरि आउनेको भिड लाग्ने थियो | 

Comments

Leave a comment