नेपालमा हाल कोरोनाको महामारी गाउँ गाउँ मा पनि बेजोड रुपमा बढी रहेका खवरहरु आउन थालेका छन जसको रोकथामको लागि अहिले गाउँ घरमा पनि नगरपालिका ,गाउँपालिका र वडा कार्यालयहरुले सुचना जारि गरि बिभिन्न स्थानमा सिलबन्दी को घोषणा गरेका सुचनाहरु हामीले देख्न पाएका छौ |

तर गाउँ घरमा यसको प्रभाव कत्तिको पर्न सक्छ होला हामि अनुमान गरौ त्यस्तैमा हामि आज पाल्पा जिल्ला बगनासकाली गाउँपालिका मा पुगेका थियौ | बगनासकाली गाउँपालिकाले पालिका भित्र कोरोना संक्रमित समुदाय स्तरमा देखिएको भन्दै पालिका सिल गरेको रहेछ त्यति मात्र हैन पालिका भित्र वडा न ५ मा  पुग्दा वडाले पनि आफ्नो वडामा पनि समुदाए स्तरमा कोरोना फैलीको भन्दै छुट्टै सूचना निकालेर तत्कालिन गा.बि.स रहदाका वडाहरुलाई छुट्दै  सिल घोषणा गरेको रहेछ अवस्य पनि आफ्नो वडालाई महामारी बाट जोगाउने प्रयास गर्नु एउटा सराहनी कार्य हो| 

समुदायमा जादा हामीले सिल गरेको  सुनेउ तर  हामिहरुलाई लागेको थियो यहाँ सेना प्रहरी को गस्ती होला तत्कालिन एक वडा  बाट अर्को वडामा प्रवेस गर्ने सीमामा आर्मी पुलिसको गस्ती होला तर यस्तो भने यहाँ थिएन गाउ हो यहाँ नजिकै राम्दिमा रहेको वडा प्रहरीका  ५/७ जनाले   यो सबै गर्न सक्ने र भ्याउने कुरा पनि भएन तर गाउँ सीलको समाचारले मानिष साच्चिकै सचेत भने भएका देखिए वडाले यसरि सुचना नै जारि गर्दै सिलनै घोसणा गरेपछि हिजो सम्म कोरोनालाई साम्मन्ने ठान्ने , माक्स नलगाई सामाजिक दुरी काय नगरी  हिड्ने , २/४ जना जम्मा भै हाल्ने अनि रमाइलो गर्ने बेकाममा हिड्ने गर्न थाली सकेका व्यक्तिहरुलाई  पनि हैन साच्चिकै हाम्रो समाजमा हाम्रै दैलोमा कोरोना आइ सकेछ भोलि मलाइ पनि संक्रमण भयो भने कोरोनाकै कारण मलाइ र मेरो परिवारलाई केहि भै हालो भने भन्ने डर भने पैदा अवस्य भएको रहेछ |

जसकारण यहाँका जनता आफै सामाजिक दुरी कायम गरि राखेका थिय घर बाट घास  दाउराको र अति आवस्यक काम बाहेक बाहिर निस्केको देखिदैनथियो | मानिशहरु घास दाउरा बाट आएपछि पनि नियमित साबुन पानीले हात धुने र घेरेलु जडीबुटी संकलन गरेर सेवन गरिरहेको समेत कतिपएले बताउनु बताए अनि चकित पर्यौ  हामि गाउँमा सिलको  के अर्थ होला नता कसैको निगरानी छ नत कसैलाइ डर यो एउटा सिल भन्ने फेसन भो भन्दै गएका हामि वास्तविकता समाजमा गएपछि देख्ने मौका पायौं जस कारण हामीलाई लग्यो यो प्रभावकारी नै रहेछ |

Comments

Leave a comment