जेठ ९ पाल्पा 

विश्व अहिले कोरोनाको महामारी बाट ग्रसित भैरहेको ब्यला नेपालमा पनि यस्ले भोलि ठूलो क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ ।

जसकारण सरकारले भोली हुन सक्ने माहामारिको पुर्बतयारी गर्न सबै स्थानियतहहरुलाई निर्देशन दिई सकेको । कतिपय स्थामिय स्थानिय तहहरुले क्वारेन्टाइन बनाई सकेका छ्न भने कति बनौनाउने जमर्को मा जुटेको पाईएको छ।

 

त्यस्तै आज पाल्पा जिल्ला बगनासकाली ५ दर्लमडाडामा मा दिई क्वारेन्टाइन बनाउने निर्णय गरेलगतै स्थानीय युवाहरुनै कम्बर गसेर क्वारेन्टाइन निर्माण गर्नुका साथै क्वारेन्टाइन छेक बार समेत गरेका छ्न ।

वडा नम्बर ५ ले गत ६ गते  दर्लमडाँडा माविमा निर्माण गरेको क्वारेन्टाइन प्रयाप्त नहुने अनुमान गर्दै अर्को गाउँ गुरुनडाँडा तर्फका बिदेश तथा गैर जिल्ला बाट आउने ब्यक्तिहरुलाई त्यसै स्थान मा रहेको निवाबी बिद्यालयमा क्वारेन्टाइन बनाईएको स्थानिय समाजसेबि युवाहरुले बताएका छ्न । 

हाल दर्लमडाँडामाबिको क्वारेन्टाइनमा एक जना ब्यक्ती रहेका छ्न भने यहाँ भोलि भारत तथा तेस्रो मुलुक र गैर जिल्ला बाट आउन सक्ने ब्यक्तिहरुको लागि स्थानीय ओडाले  थप १० बेड तयार पारेको छ । 

त्यस्तै गुरुनडाडमा आजै निर्माण गरिएको १० बेड बराबर्को क्वारेन्टाइनमा भारतको भोपाल बाट ७ जना ब्यक्ती आउने हेल्थ पोस्टका स्वाथ समयोजक रेस्मी राज न्यौपानेले बताउनु भयो ।

Comments

Leave a comment