रामपुर नगरपालिकाले पहिलो चरणमा नगरका १ हजार ६६ बिपन्न परिवारलाई राहत वितरण गरेको छ । ४ दिनको दिन राहत वितरण अन्तर्गत वडा नं. १० मा राहत वितरण गरेसंगै वडाबाट बिपद् व्यवस्थापन समितिले छनौट गरेको बिपन्न परिवारको लागि पहिलो चरणको राहत वितरण सकेको हो ।

कोरोना संक्रमणबाट बचाउन जारी लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त १ हजार ६६ परिवारका ४ हजार १ सय ३८ जनालाई पहिलो चरणमा राहत पूरा गरेको हो ।

नगरपालिकाले वडा १ मा ८५ परिवार, वडा २ मा ६५ परिवार, वडा ३ मा १ सय ५ परिवार, वडा ४ मा १ सय २७ परिवार, वडा ५ मा १ सय ९३ परिवार, वडा ६ मा ६३ परिवार, वडा ७ मा १ सय ३० परिवार, वडा न. ८ मा १ सय ५१ परिवार, वडा ९ मा ७३ परिवार र वडा १० मा ७५ परिवारलाई राहत वितरण गरेको नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो।

वडा कार्यालयबाट तथ्याङ्क संकलन गरी अझ प्रभावकारी बनाउन जनप्रतिनिधि, पत्रकार, प्रशासन र सुरक्षा कर्मीहरुको रोहबरमा राहात वितरण गरेको हो। रामपुर नगरपालिकाले विपन्न परिवारको अवस्थालाई मध्यनजर गर्दै प्रक्रियागत ढङ्गले तिव्रगतिमा राहत वितरण गरेको जनाएको छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले लकडाउन अझै निश्चित नभएकाले पहिलो चरणको राहत वितरण गरेको र आवश्यकता अनुसार थप राहतलाई अघि बढाउने बताउनुभयो । अहिके छुटेकालाई दोस्रो चरणमा राहत वितरण गरिने पनि उहाले बताउनुभयो ।

Comments

Leave a comment