वैशाख २ तानसेन मेहल्धारामा घर भएका  कृष्ण प्रसाद बस्यालले आफ्नो घरमा भाडामा बस्नेहरुको लागि चैत्र महिनाको भाडा नलिने घोषणा गर्नु भएको छ । विश्वभर कोरोना संक्रमण फैलन थालेपछी सरकारले लकडाउन गरेसंगै आर्थिक राहतको लागि बस्यालले घरभाडा नलिने बताउनुभएको हो । “मासिक ३५ हजार घरभाडा आउछ लकडाउनले समस्या परेको हब्यला मैले यति भाडा नलिदा मलाई केही फरक न पर्ने तर भाडामा ब अस्नेलाई केही राहत होला भनेर छुट दिने भनेको हुँ ।” बस्यालले भन्नुभयो ।
बगनाकाली गाउपालिका पाल्पाका अध्यक्ष समेत रहनुभएका कृष्ण प्रसाद बस्यालले लकडाउन सुरु भएलगत्तै ज्याला मजदुरी गरी खानेहरुको लागि जिल्लामै पहिलोपटक राहत वितरण गर्नुभएको थियो । स्थानीय तहको निर्वाचन अगाडी नै अध्यक्षको तलव नलिने घोषणा गर्नुभएका बस्यालको तलव गरिवहरुको हितमा प्रयोग हुदै आएको थियो

Comments

Leave a comment