चैत्र २४ -पाल्पाबाट शुक्रवार स्वाब परीक्षणका लागि काठ्माण्डौ पठाइएकोमा ३ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।


पाल्पा अस्पतालबाट १ जना र लुम्बिनी मेडिकल कलेजबाट २ जनाको स्वाब काठ्माण्डौ पठाइएको थियो । उनीहरु तिनै जनाको अहिले आइसोलेसनमा राखेर उपचार गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ ।
यसबारे आइतवार उनीहरुको रिपोर्ट नेगेटिभ आएको बारे मौखिक जानकारी प्राप्त भएको पाल्पा अस्पतालका मेडिकल सुपरिटेन्टेन्ड डा. पुष्पराज ज्ञवालीले बताए । यद्यपी अनलाइनबाट प्राप्त रिपोर्टमा बिरामीको अन्य बिवरण ठिक रहेको र जिल्ला उमेर फरक भई आएको उनले बताए ।

बगनासकाली गाउँपालिकाका २० बर्षिय एक युवकको जिल्ला अस्पतालबाट र माथागढी गाउपालिकाका २ जनाको लुम्बिनी मेडिकल कलेजबाट स्वाब संकलन गरि शुक्रवार काठ्माण्डौ पठाइएको थियो ।

Comments

Leave a comment